तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने
पाेखरा | मंसिर ३, २०८२
पोखरा: तमु धिं नेपालले पोखरामा तमु ल्होछार महोत्सव गर्ने भएको छ। तमु जातिको महान चाड एवम नयाँबर्ष आगमनको अवसरमा आउदो पुस १४, १५ र १६ गते पोखरा १ बगरस्थित पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव २०८२ गर्ने निर्णय गरेको हो।
तमु धिं नेपाल मुख्य आयोजक र क्षेत्रिय तमु समाजहरु आयोजक रहने तमु ल्होछार महोत्सव भव्यताका साथ आयोजना गर्न तमु र्धि नेपालका अध्यक्ष हुमबहादुर गुरुङ अध्यक्षतामा २०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ।
मुल आयोजक समितिमा तमु धिं नेपाल, जिल्ला समिति, क्षेत्रिय तमु समाजहरु, केन्द्रिय युवा समिति, केन्द्रिय आमा समिति, पालिका समितिका अध्यक्षहरु रहेकाछन्।
ल्होछार महोत्सवमा र्याली एवम झाँकी प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, पोशाक तथा तमु भाषा प्रतियोगिता, भलिबल प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, रोधिं, लोकदोहोरी विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष आकर्षक सांगितिक कार्यक्रमहरु समावेश हुने भएको छ। महोत्सवमा साँस्कृतिक, पर्यटन,परम्परागत खाना, कृषि, सुचनाप्रविधी, बैकिंग, व्यवसायिक लगायतका स्टलहरु राखिने तमु धिंले जनाएको छ।
यसवर्षदेखि ल्होछारलाई महोत्सवको रुपमा प्रारम्भ गरी आगामीवर्षहरुमा थप व्यवस्थित गर्दै पोखरामा पर्यटन आकर्षणको महोत्सवको रुपमा विकास गर्ने योजना रहेको बताइएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

